(१) जलस्रोतको उपयोग गर्दा साधारणतया देहायको प्राथमिकताक्रम अनुसार गर्नुपर्नेछ ः–
(क) खानेपानी र घरेलु उपयोग,
(ख) सिंचाइ,
(ग) पशुपालन तथा मत्स्यपालन जस्ता कृषिजन्य उपयोग,
(घ) जलविद्युत,
(ङ) घरेलु उद्योग, औद्योगिक व्यवसाय तथा खानीजन्य उपयोग,
(च) जल यातायात,
(छ) आमोद प्रमोदजन्य उपयोग,
(ज) अन्य उपयोग ।
(२) जलस्रोतको उपयोग गर्दा कुनै विवाद उत्पन्न भएमा तोकिएको समितिले उपदफा (१) को प्राथमिकताक्रम, दफा ४ को उपदफा (३) बमोजिम जलस्रोतको लाभदायक उपयोग भए नभएको र अन्य आवश्यक जाँचबुझ समेत गरी सोको आधारमा सम्बन्धित जलस्रोतको उपयोग
गर्न पाउने नपाउने वा कुन किसिमले उपयोग गर्न पाउने भन्ने कुराको निर्धारण गर्नेछ ।
(३) उपदफा (२) बमोजिम तोकिएको समितिले निर्धारण गरेको कुरा सम्बन्धित सबैलाई मान्य हुनेछ ।
(४) उपदफा (२) बमोजिम तोकिएको समितिले सोही उपदफामा उल्लेखति कुराको निर्धारण गर्दा अपनाउनुपर्ने कार्यविधि तोकिएबमोजिम हुनेछ